site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारीको पैसामा ग्यालेक्सीमा रजगज : रवि लामिछानेले मात्र लिए एक करोड ४ लाख तलब 
फाइल तस्बिर ।

काठमाडौं । सहकारीको पैसामा ग्यालेक्सी टेलिभिजनबाट ठूलो मात्रामा तलब बाँडिएको देखिएको छ । सबैभन्दा बढी तलब तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछानेले मासिक ६ लाखभन्दा बढीको दरले लिएको देखिएको छ ।

लामिछानेले आर्थिक वर्ष ०७८/०७९मा मात्र ७४ लाख रुपैयाँ लिएका छन् । अघिल्लो आर्थिक वर्षमा उनले ३० लाख लिएका थिए । 

उनीपछि धेरै तलब लिनेमा विपीन आचार्य देखिएका छन् । उनले मासिक झण्डै तीन लाख लिने गरेको देखिएको छ । उनले आर्थिक वर्ष ०७८/७९मा ३४ लाख ३८ हजार ३८० रुपैयाँ तलब बुझेका छन् । अघिल्लो आर्थिक वर्षमा २५ लाख ९३ हजार बुझेका छन् । 

ग्यालेक्सी फोरके टेलिभिजनले तलबवापत मात्र १४ करोड ९३ लाख २२ हजार ३३ रुपैयाँ बाँडेको पाइएको छ । जसमध्ये अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईले कर्मचारीकै नामबाट आर्थिक वर्ष ०७८/७९मा ३० लाख बुझेका छन् ।
123-1726819950.png
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro