site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेतृ ओलीले देशव्यापी युवा संवाद यात्रा सुरू गर्ने 
SkywellSkywell

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा युवा नेतृ खुश्बु ओलीले देशव्यापी युवा संवाद सुरू गर्ने भएकी छन् । सुदूरपश्चिमबाट सो यात्रा सुरू गर्ने र सातै प्रदेशमा पुग्ने आफ्नो योजना रहेको ओलीले जानकारी दिएकी छन् । पहिलो चरणमा उनी सुदुपश्चिमका ९ वटै जिल्ला घुम्ने र स्थानीयसँग अन्तरक्रिया गर्ने योजना रहेको बताएकी छन् । 

उनले भनेकी छन्, "आजको सबैभन्दा ठूलो चुनौती भनेको यहाँको जनसंख्यालाई सकेसम्म विदेश जानबाट रोक्नु र सकेसम्म युवा पलायन रोक्नु, उनीहरु आशाको किरण देखाउनु र उनीहरुलाई देशमा नै राख्नु हो ।"

Dabur Nepal
NIC Asia

एउटा जिम्मेवार नागरिक र राजनीतिक दलको नेताको हैसियतमा देशले अहिले भोगेका समस्याहरु समाधान गर्न पहल गर्नु दायित्व भएको बताइन् ।  उनले आफू राष्ट्रिय प्रजातन्त्र पार्टी एक जिम्मेवार नेता एवं केन्द्रीय सदस्य भए पनि यो यात्रालाई सबै राजनीतिक दलहका युवा र कार्यकताहरुलाई जोड्ने योजना गरेको  बताइन् । 

यो यात्रामा विशुद्ध राजनीति भन्दा पनि समाजमा रहेका समस्याहरु पहिल्याउने र त्यसलाई सम्बोधन गर्न सम्बन्धित निकायले ध्यान आकृष्ट गर्ने नै भएको उनको बुझाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ११:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu