राजनीति
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदूतउपर सार्वजनिक उजुरी आह्वान गरेको छ । बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउत तथा अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालउपर सार्वजनिक उजुरी आह्वान गर्ने गर्ने निर्णय गरेको हो ।
समिति बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले सरकारी सञ्चारमाध्यम र विद्युतीय सञ्चार माध्यममार्फत उजुरी आह्वान गर्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्ताव पारित भएसँगै उनले सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिएकी छन् ।
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१ १३:१३
प्रतिक्रिया दिनुहोस्