site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी । सुक्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५, सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । 

आज दिउँसो खसेको पहिरोले राजमार्ग अवरुद्ध बनेपछि लामो तथा छोटो दुरीका सवारीसाधन र यात्री बीचबाटोमा अलपत्र परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।  

सडकमाथिबाट ठूलो पहिरो खसेकाले पहिरो पन्छाएर राजमार्ग नियमित सञ्चालन गर्न केही समय लाग्ने उनले बताए । सडक खुलाउन पहल भइरहेको भन्दै प्रवक्ता पाण्डेयले राजमार्ग अवरुद्ध हुँदा दार्चुला र बैतडीको सडक सम्बन्ध विच्छेद भएको उल्लेख गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro