site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस
Tiktok banner adTiktok banner ad

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले आठजना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषद्‌मा पठाएको थियो । जसमा राउतसँगै न्यायाधीशहरू सपनाप्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी थिए ।

अब संसद्को संसदीय सुनुवाइ समितिले राउतको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले उनलाई नियुक्त गर्ने छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro