site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
विराटनगरमा 'विद्यालय नाटक महोत्सव' समापन

विराटनगर । विराटनगरमा विद्यालय नाटक महोत्सवको चौथौ संस्करण सम्पन्न भएको छ । सोमबार रंगेलीको श्री एकता सेकेन्डरी स्कुलका विद्यार्थीले भवानी भिक्षुको कथामाथि रमेशचन्द्र अधिकारीको निर्देशनमा ‘सावित्रीको बाख्रो’ नाटक मञ्चन गरेका थिए । 

आरोहण गुरुकुल विराटनगरको आयोजनामा १० दिनसम्म चलेको महोत्सवमा आयोजक र नौ विद्यालयका एक/एक गरी दशवटा नाटक मञ्चन भएका थिए । महोत्सवमा सहभागी भएकामध्ये पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलको नाटक ‘एक पटक बोलेको एक रुपियाँ’ले उत्कृष्टको अवार्ड पायो ।

रंगकर्मीद्वय उद्धव सापकोटा र दिपा पोखरेलको निर्णायक टिमले आदर्श माध्यमिक विद्यालयको नाटक ‘भविष्य निर्माण’का निर्देशक प्रनिशा रेग्मीलाई उत्कृष्ट निर्देशक घोषित गर्‍यो ।

यस्तै, पूर्वाञ्चल स्कुलकै नाटकमा अभिनय गर्ने सुदेश चौधरी उत्कृष्ट अभिनेता र ग्रेडेडइङ्लिस मिडियम सेकेन्डी स्कुलको नाटक ‘बुद्धिमानी आमा’माअभनिय गर्ने सिमरन सुवेदी उत्कृष्ट अभिनेत्री घोषित भए ।

अवार्ड विजेताहरूलाई मोरङ प्याब्सनका अध्यक्ष प्रेमराज सिंह सुवाल, गुरुकुलका अध्यक्ष भैरव क्षेत्री लगायतले सम्मान र प्रमाणपत्र प्रदान गरे ।

विराटनगर महानगरपालिकाको प्रवर्धनमा भएको महोत्सव भदौ २२ गते आयोजक गुरुकुलको ‘नीलाम्बरकोआकाशयुद्ध’ मञ्चनसँगै सुरु भएको थियो । त्यसपछि क्रमशः ग्रेडेड स्कुलले ‘बुद्धिमानी आमा’, दिल्ली पब्लिक स्कुलले ‘छिमेकी’, आदर्श स्कुलले ‘भविष्य निर्माण’, ग्रिनल्यान्ड सेकेन्डरी स्कुलले ‘रङ’, पूर्वाञ्चल स्कुलले ‘एकपटक बोलेको एक रुपियाँ’ मञ्चन गरे ।

यस्तै, नमुना विद्या मन्दिरले ‘जिम्मेवारी कसको ?’, मोरङ ज्ञानोदय सेकेन्डरी इङ्लिस स्कुलले ‘स्मार्ट बन्द’, सुबिजिमुर मेमोरियल सेकेन्डरी स्कुलले ‘ज्ञ’, श्री एकता सेकेन्डरी स्कुलले ‘सावित्रीको बाख्रो’ मञ्चन गरे ।

विद्यार्थीलाई रंगमञ्चसँग जोड्ने उद्देश्यले गुरुकुलले हरेक वर्ष विद्यालय नाटक महोत्सव गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro