राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले १० वर्षे जनयुद्धलाई ‘हिंसा’ शब्दको रूपमा परिभाषित गरेकोप्रति आपत्ति जनाएको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले सत्तारूढ सांसदहरूले प्रयोग गरेको हिंसा शब्दले जनताको त्याग र बलिदानलाई अपमानित गरेको बताए ।
उनले भने, “सत्तारूढ सांसदहरूले प्रयोग गरेको हिंसा शब्द अपमानजनक मात्रै होइन, यसले जनताको त्याग र बलिदानलाई अपमानित गरेको छ ।”
सांसदले सभामुखको रूलिङलाई समेत नमानेको भन्दै संसद्मा निष्पक्ष भूमिका देखाउन सभामुख देवराज घिमिरेलाई आगह समेत गरे । माओवादी केन्द्रले आफ्ना मागलाई यथावत् गर्दै संसद् चल्न दिने भएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१ १३:४६
प्रतिक्रिया दिनुहोस्