site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बार्सिलोनाको जितमा यमलको दुई गोल 

काठमाडौं । स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोनाले आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा जिरुनाविरुद्ध ४–१ को सहज जित निकालेको छ ।

आइतबार जिरुनाको मैदान मोन्टिलिभीमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन युवा फरवार्ड लामिन यमलले दुई गोल गरे । यस्तै, पेड्री र यसै सिजन क्याटालन जायन्टमा अनुबन्धित भएका ड्यानी ओल्मोले समान एक गोल थपे ।

Dabur Nepal
NIC Asia

घरेलु टिमका क्रिस्थियन स्टुएनीले एक गोल फर्काए ।

खेलको ३०औँ मिनेटमा यमलको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो । त्यसको सात मिनेटपछि यमलकै गोलमा पाहुना टिमले अग्रता दोब्बर बनायो । ४७औँ मिनेटमा ओल्मोले गोल गरेपछि बार्सिलोनाले अग्रतालाई ३–० मा पुर्‍याएको थियो । ६४औँ मिनेटमा पेड्रीले बार्सिलोनाको अग्रतालाई ४–० मा पुर्‍याए ।

खेलको निर्धारित समय सकिन १० मिनेट बाँकी हुँदा घरेलु टिमका स्टुएनीले सान्त्वना गोल फर्काएका थिए । ८६औँ मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । फेरान टोरेसले रातो कार्डको दर्शन गर्दै मैदान छाडेपछि बार्सिलोनाले १० खेलाडीमा खेलको अन्त्य गरेको हो ।

जारी सिजन हेन्सी फ्लिकको प्रशिक्षणमा क्याटालन क्लब अपराजित छ । बार्सिलोनाले पाँच खेलबाट १५ अंक जोडेको छ । जुन दोस्रो स्थानको रियाल मड्रिडको भन्दा चार अंक धेरै हो । समान खेलबाट रियालले ११ अंक जोडेको छ ।

लिगमा दोस्रो हार बेहोरेको जिरुना भने सात अंकसहित तालिकाको सातौँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  २२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro