site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी सांसदको आरोप– सभामुख एमाले कार्यकर्ताका रूपमा प्रस्तुत भए

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेकपा (एमाले) कार्यकर्ताको भूमिकामा देखिएको आरोप लगाएका छन् । सभामुख घिमिरेले हिंसा शब्द असंसदीय भएको भन्दै गरेको निर्णयप्रति आपत्ति जनाउँदै उनले यस्तो आरोप लगाएका हुन् ।

आइतबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर सांसद विश्वकर्माले सभामुख घिमिरेले हिंसा शब्दलाई संसद्को रेकर्डबाट नहटाउने निर्णय गरेर एमाले कार्यकर्ताका रूपमा प्रस्तुत भएको बताए ।

प्रतिनिधिसभा बैठकमा एमालेका सांसद योगेशकुमार भट्टराईले हिंसा शब्द प्रयोग गरेका थिए । उक्त शब्द असंसदीय भन्दै माओवादी केन्द्रका सांसदले संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए । तर, सभामुख घिमिरेले हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने निर्णय गरेका थिए ।

सोही विषय उल्लेख गर्दै सांसद विश्वकर्माले सभामुख घिमिरे एमालेको कार्यकर्ता हो कि प्रतिनिधिसभाको सभामुख ? भन्दै प्रश्न समेत गरे । उनले माओवादी विद्रोह ‘जनयुद्ध’ भएको जिकिर गरे । त्यसलाई अन्यथा व्याख्या गरिए राष्ट्रियसभा बैठक पनि अवरुद्ध पार्नुपर्ने अवस्था आउने चेतावनी दिए ।

सांसद विश्वकर्माले माओवादी ‘जनयुद्ध’लाई संविधानमा हिंसा नभनिएको पनि पटक–पटक दोहोर्‍याए । त्यसको अपव्याख्या गर्ने विषय आफूहरूलाई सैह्य नहुने उनले चेतावनी दिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro