site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सभामुख घिमिरेसहित दलका प्रमुख सचेतकहरूको बैठक सुरु
Tiktok banner adTiktok banner ad

काठमाडौं । सभामुख देवराज घिमिरेसहित दलका प्रमुख सचेतकहरूको बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको हो । 

नेकपा (माओवादी केन्द्र)ले आजको सदन अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुखले प्रमुख दलका प्रमुखसचेतकहरूको बैठक बोलाएका हुन् । 

भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले)का सांसद योगेश भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेका थिए । लगत्तै माओवादी सांसदहरूले विरोध जनाएको र उक्त शब्द असंसदीय भएकाले संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए । 

त्यसपछि सभामुखले सचिवालयसँगको छलफलपछि उक्त शब्द हटाउने कि नहटाउने भन्ने विषयमा निर्णय दिने बताए । माओवादी सांसदहरूले तत्काल निर्णय सुनाउन दबाब दिएको भन्दै सभामुखले २६ गतेको बैठकमा हिंसा शब्द रेकर्डबाट हटाउनुनपर्ने बताएका थिए । त्यसपछि माओवादी सांसदहरूले सभामुखको निर्णयविरुद्ध संसद् अवरोध गरे । सोही विषयमा आज छलफल भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro