site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनपीएलका मार्की खेलाडीको टिम छनोट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का निम्ति मार्की खेलाडीको टिम छानिएको छ । शनिबार काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान)ले लक्की ‘ड्र’मार्फत मार्की खेलाडीको टिम छनोट गरेको हो ।

त्यसानुसार करण केसी काठमाडौं, कुशल भुर्तेल पोखरा, कुशल मल्ल चितवन, सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी बनेका छन् ।

यस्तै, रोहित पौडेल लुम्बिनी, आसिफ शेख जनकपुर र सोमपाल कामी कर्णालीका निम्ति मार्की खेलाडी बनेका छन् ।

मार्की खेलाडीको न्यूनतम मूल्य २० लाख रुपैयाँ तोकिएको क्यानले जनाएको छ । 

मार्की खेलाडी तीन वर्षका निम्ति फ्रेन्चाइजीमा रहने तर हरेक सिजनको अन्त्यपछि रिलिज गर्न सकिने क्यानले जनाएको छ ।

नयाँ संस्करणको एनपीएल आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना गरिँदै छ । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro