site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संविधान संशोधन छलफलको विषय बनाउनुपर्छ : अध्यक्ष नेपाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधनको छलफलको विषय भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान संशोधन सार्वजनिक सरोकारको विषय भएकाले बृहत् छलफल गर्नुपर्ने स्पष्ट पारे ।

पूर्वप्रधानमन्त्री नेपालले संविधान संशोधनमा राजनीतिक दल, सांसद, आमजनताको सरोकारको विषय भएकाले सार्वजनिक छलफलको रुपमा ल्याउनुपर्ने धारणा राखे । उनले समानुपातिक निर्वाचन सम्बन्धमा आवश्यक छलफल गर्नुपर्ने सुझाव दिए ।

अध्यक्ष नेपालले भने, “प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा आफू नरहेको र यसले मुलुकमा जटिलता ल्याउने विश्वको इतिहासमा देखिएको छ ।” एक प्रश्नको जवाफमा पूर्वप्रधानमन्त्री नेपालले हाम्रो मुलुक स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न देश भएकाले कसैको छत्रछाँयामा बस्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे ।

आफ्नो पार्टीको विरुद्ध अनेक षड्यन्त्र चलिरहेको बताउँदै उनले यस्तो कुरालाई आधारमा मानी पार्टीका नेताबीच अविश्वासका वातावरण सिर्जना गर्न नहुने बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  २२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro