राजनीति
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा मध्याह्न १२ः३० बजे बस्नेछ ।
बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल हुने कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए । “बैठकमा समसामयिक विषय र पार्टीको वार्षिक कार्ययोजनाबारे छलफल हुनेछ,” उनले भने ।
भदौ १८ र १९ गते बसेको पोलिट्ब्युरो बैठकले वार्षिक कार्ययोजनाबारे सुझाव दिएको थियो । आएका सुझावहरू समेटेर कार्ययोजनाको अन्तिम टुंगो लगाउने जिम्मा पार्टी सचिवालयलाई दिइएको थियो ।
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१ ०६:३५
प्रतिक्रिया दिनुहोस्