site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधान पुनरवलोकन गर्नुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान पुनरवलोकन गर्नुपर्ने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले पनि सातबुँदे सहमतिमा संविधान संशोधनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै अझै सशक्त रूपमा संघीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्ने बताए ।

उनले लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्वलाई थप विस्तार आफूहरूले चाहेको बताए । विगतमा संविधान बनाउँदा भएका कमजोरी, राजनीतिक बाध्यता हटाएर सुदृढ रूपमा संशोधन र पुनरवलोकन हुने धारणा राखे । २०८४ सम्म संघीयता कार्यान्वयन गर्ने कामसँग जोडिएका कानुनहरू बनाउने, संरचना निर्माण गर्नेकुरा टुंग्याउनुपर्ने बताए ।

उनले भने, "हामी संघीयतालाई मजबुत बनाउन चाहन्छौँ । लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्वलाई अरु थप विस्तार गर्न चाहन्छौँ । तर त्यो विस्तार गरिरहँदै गर्दा त्यसलाई मजबुत बनाउनका लागि हिजो संविधान बनाउँदै गर्दा कतिपय कुरामा ध्यान नपुगेको होला, यी कुरालाई सुधार गर्नुपर्छ ।"

महामन्त्री थापाले निर्वाचित भएको प्रतिनिधि र पार्टीको बीचमा हुनुपर्ने हार्दिकता धेरै ठाउँमा नपाएको गुनासो गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro