site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अख्तियार निजी क्षेत्रमा प्रवेश गर्ने कि नगर्ने ? सहमति जुटाउन आठ सदस्यीय उपसमिति गठन 

काठमाडौं । निजी क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवेश गर्न पाउने/नपाउने विषयमा दलहरू सहमतिमा पुग्न सकेका छैनन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा भ्रष्टाचार निवारणसम्बन्धी विधेयकमाथि दफावार छलफलका क्रममा दलहरू टुंगोमा पुग्न सकेनन् ।

विधेयकको दफा २ को  (ग) मा सार्वजनिक संस्थासम्बन्धी व्यवस्था राखिएको छ । मेडिकल कलेज र बैंकलाई सार्वजनिक संस्थामा राख्न नहुने पक्षमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) देखिएका छन्  ।

कांग्रेसका हृदयराम थानी र एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले मेडिकल कलेज र बैंकलाई त्यसबाट झिक्नुपर्ने बताए ।

गृहमन्त्री रमेश लेखकले अख्तियारको क्षेत्राधिकारबारे पहिले प्रस्ट हुनुपर्नेमा जोड दिए । “पहिला निजी क्षेत्रमा अख्तियार जाने कि नजाने भन्ने छुट्ट्याउनुपर्छ । निजी क्षेत्रमा अख्तियार जानु हुन्न भन्नेमा लगभग आमसमिति छ,” उनले भने, “तर, सरकारी पैसा निजीमा गए त्यो पैसा मात्र हेर्न पाउने हो कि पूरै भन्ने कुरा छ । पहिले सिद्धान्त स्पस्ट हुनुपर्छ ।”

समिति सभापति रामहरि खतिवडाले योसहित विधेयकका अरू विषयमा भाषा मिलाउन आठ सदस्यीय उपसमितिलाई जिम्मा दिएका छन् । उपसमितिमा सांसदहरू रघुजी पन्त, राजेन्द्र पाण्डे, हृदयराम थानी, हितराज पाण्डे, अशोक राई, बुद्धिमान तामाङ, चन्दा कार्की र सर्वेन्द्रनाथ शुक्ल छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro