site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रधानसेनापतिद्वारा ४८ अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले नवनियुक्त ४८ अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जंगी अड्डामा बुधबार आयोजित एक कार्यक्रममा प्रधानसेनापतिले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

सैनिक प्राड सेवा, विविध सेवाअन्तर्गत लेखा र प्राविधिक सेवामा रिक्त रहेका अधिकृत पदहरूमा खुला तथा समावेशी र आन्तरिक प्रतिस्पर्धाबाट छनोट भएका अधिकृतलाई दर्जयानी चिह्न प्रदान गरिएको थियो ।

Sena-1-1726046618.jpg
दर्ज्यानी चिह्न पाउनेमा प्राड उपसेनानी तीनजना, लेखा उपसेनानी सातजना र प्राविधिक उपसेनानी ३८ जना गरी ४८ जना थिए ।

कार्यक्रममा नेपाली सेनाका रथी, अधिकृतहरूसहित नवनियुक्त अधिकृतहरूका परिवारजनको उपस्थिति थियो ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro