site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गलत नियतले उपसभामुखलाई हटाउन खोजिँदै छ : अध्यक्ष राउत
फाइल तस्बिर ।

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको बताएका छन् ।

बुधबार न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा अध्यक्ष राउतले संवैधानिक परिषद्‌मा बहुमत सत्ता पक्षले उपसभामुखलाई हटाउन लागेको बताए ।

संवैधानिक परिषद्‌मा बहुमत नपुग्दा आफ्ना मान्छेलाई नियुक्त गर्न गाह्रो भएकाले गलत नियत राखिएको उनको भनाइ छ । अध्यक्ष राउतले उपसभामुखलाई हटाए लोकतन्त्रको मर्यादा नरहने पनि बताए ।

“एकदम गलत नियतका साथ भइरहेको छ । संवैधानिक परिषद्‌मा बहुमत पुर्‍याउनका लागि भइरहेको छ । तीन–तीनवटा सिट भएपछि त्यहाँबाट आफ्नो मान्छेलाई नियुक्त गर्न गाह्रो भयो भनेर हटाउनका लागि यो भइरहेको छ,” अध्यक्ष राउतले भने, “जुन गलत नियतका साथ हुन्छ, त्यो पक्कै पनि गलत नै हुन्छ । यसो नगरिदिए अलिकति लोकतन्त्रको मान मर्यादा रहन्थ्यो कि जस्तो हामीलाई लाग्छ ।”

अध्यक्ष राउतले सरकार प्रतिनिधिसभाका साना दलहरूलाई सखाप पार्न लागिरहेको आरोप लगाए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro