site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले हाम्रो प्रतिष्पर्धी पार्टी हो, सबै कुरा मिल्छ भन्ने छैन : गगन थापा
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयता, समावेशी लोकतन्त्र र समानुपातिक प्रतिनिधित्वलाई थप सुदृढ हुने गरी संविधान संशोधनको विषय सरकारको न्यूनतम साझा कार्यक्रमको प्राथमिकतामा रहने बताएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सरकार निर्माणका क्रममा भएको सातबुँदे सहमतिअनुसार नै सरकारको न्यूनतम साझा कार्यक्रम बन्ने उनको भनाइ छ ।

"हामी अब कुन तहसम्म जाने ? न्यूनतम साझा कार्यक्रमलाई कति न्यूनतम बनाउने ? कति अधिकतम बनाउने ? कस्तो बनाउने ? कुनकुन कुरा राख्ने ? भन्ने सन्दर्भमा प्रारम्भिक छलफल भइसकेपछि मात्रै यसले कति समय लाग्ला भन्नकुरा टुंगो लाग्ला । तर, अब हामीले सरकार गठन भएकै केही दिन भइसकेकाले अब यसलाई लामो समय लगाउन उपयुक्त हुँदैन," उनले भने ।

Dabur Nepal
NIC Asia

कांग्रेसले न्यूनतम साझा कार्यक्रममा नेपालमा राजनीतिक स्थायित्व, सरकारको स्थायित्व, प्रदेश सरकार र स्थानीय सरकारलाई थप प्रभावकारी बनाउनुपर्ने बताए । महामन्त्री थापाले संघीयतालाई प्रभावकारी बनाउने विषयलाई सम्बोधन गर्ने गरी संविधानलाई परिमार्जन र पुनरवलोकन गर्ने विषय कांग्रेसको प्राथमिकतामा रहेको बताए ।

"आफ्ना आफ्ना पार्टीका दस्ताबेजहरू छन्, हाम्रा घोषणापत्रहरू छन् । हामी भिन्नभिन्न पार्टी हो । हामी लामो समय प्रतिष्पर्धा गर्दै आएको पार्टी हो । भोलि प्रतिष्पर्धा गर्ने पार्टी पनि हो । हाम्रो बीचमा सबै कुरा मिल्छन् भन्ने पनि छैन । त्यसैले यसलाई न्यूनतम भनिएको हो," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro