site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुसी सेनाद्वारा १४४ युक्रेनी ड्रोनहरू नष्ट 

काठमाडौं । रुसी सेनाले मंगलबार देशका नौ स्थानमा १४४ युक्रेनी ड्रोन नष्ट गरेको छ । रुसी रक्षा मन्त्रालयले ब्रायनस्क क्षेत्रमा ७२, मस्को क्षेत्रमा २० र रुसको कुस्र्क क्षेत्रमा १४ वटा ड्रोन नष्ट गरिएको जनाएको छ । 

मस्को क्षेत्रका गभर्नर एन्ड्री वोरोबाइभका अनुसार रातारात मस्को क्षेत्रको रामेन्सकोये जिल्लाका अपार्टमेन्ट भवनहरू ड्रोन आक्रमणका कारण क्षतिग्रस्त भएको थियो । प्रारम्भिक जानकारी अनुसार एक महिलाको मृत्यु भएको छ । तीनजनालाई अस्पतालमा भर्ना गरिएको छ । 

४३ जनालाई अस्थायी आवास केन्द्रमा राखिएको छ । रक्षा मन्त्रालयले तुला क्षेत्रमा १३, बेल्गोरोड क्षेत्रमा आठ, कालुगा क्षेत्रमा सात, भोरोनेज क्षेत्रमा पाँच, लिपेत्स्क क्षेत्रमा चार र ओरियोल क्षेत्रमा एउटा ड्रोन नष्ट भएको जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro