site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
धनराज गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले कांग्रेसका कुनै नेतामाथि प्रश्न उठिसकेपछि छानबिन हुनुपर्ने पार्टीको नीति रहेको बताए ।

गुरुङ आफैँले सदनमा जस्तोसुकै छानबिनको सामना गर्छु भनिसकेको अवस्थामा अब अनुसन्धानमा ढिलाइ गर्न नहुने उनको भनाइ छ । कुनै पनि प्रकरणमा कानूनको उल्लंघन गरे दोषीले उन्मुक्ति पाउन नहुने र निर्दोष भए दण्ड पाउन नहुने पार्टीको स्पष्ट बटमलाइन रहेको थापाले बताए ।

उनले गुरुङको मात्रै नभई आफ्नो वा अरू कसैको नाम कुनै प्रकरणमा जोडिएर आए छानबिन हुनुपर्ने र दोषी देखिए कारबाहीसमेत गर्नुपर्ने बताए ।

अर्को प्रसंगमा थापाले सरकारलाई प्रभावकारीरूपमा अघि बढाउनका लागि साझा न्यूनतम कार्यक्रम ल्याउने तयारी भइरहको जानकारी दिए । उनले सबैको बीचमा सहमति कायम गरेर अहिलेको व्यवस्थालाई सुदृढ गर्ने गरी राजनीतिक स्थायित्वलाई प्राथमिकतामा राख्ने गरी न्यूनतम साझा कार्यक्रम बनाइने बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro