site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उदाउँदा प्रमुख दस प्रविधि

 

समय र मानवसँगै विज्ञान र प्रविधिको पनि विकास हुँदैआएको छ । एकतर्फ विज्ञान र प्रविधिमा भएका विकासले उचाइ छुँदैछ भने अर्कोतर्फ मानवीय क्षमताको सीमितता पनि छर्लङ्ग हुँदैगएको छ । मानिससँगै  जोडिएर आउने बौद्धिकता र सीप अब यन्त्रको पहिचान बनेको छ । एकाईसौं शताब्दीमा वैज्ञानिक विकास, खोज र अनुसन्धान निकै अगाडि बढिसकेको छ । 

सन् २०२४  सँगै उदाउँदा प्रमुख १० प्रविधि

एआई : एआई अर्थात् 'आर्टिफिसियल ईन्टेलिजेन्स' (कृत्रिम बौद्धिकता) कम्प्युटर विज्ञानको विकासले ल्याएको उपहार हो । यसबाट मानिसले असीमित सेवा लिन सक्छन् । अहिलेसम्म यस प्रविधिबाट च्याट जीपीटी, मेटा एआईजस्ता सेवा प्रयोगमा छन्  । साथै विभिन्न क्षेत्रमा एआईको प्रयोग कसरी गर्न सकिन्छ भन्नेबारे अध्ययन, खोज र आविष्कार भइरहेको छ ।

उन्नत रोबोट : रोबोट अर्थात स्वचालित यन्त्र जसले सामान्य र जटिल काम गर्न सक्छ । 
विगत केही दशकदेखि मात्रै रोबोट प्रविधिको अध्ययन र विकास हुँदैआएको हो । सामान्य रोबोट निर्माण भइरहे पनि अब भने उन्नत रोबोटको विकास हुनेबेला भएको छ । उन्नत रोबोटले मानवीय क्षमताभन्दा अधिक र जटिल काम गर्न सक्छ । उत्पादन उद्योग र स्वास्थ्य क्षेत्रमा उन्नत रोबोटको उपयोगिता बढ्दै गइरहेको छ । शल्यक्रियामा समेत प्रयोगमा आइसकेको उन्नत रोबोटले मानवीय जीवनयापनमा पनि निकै प्रभाव पार्नेछ । 

हरित ऊर्जा प्रविधि : पर्यावरणको संरक्षण गर्दै नवीकरणीय ऊर्जा जस्तै सौर्य, वायु, जलविद्युत आदि ऊर्जाको अधिकतम प्रयोग गर्दै यसको प्रभावकारिता र आर्थिक लगानी घटाउने प्रविधि हरित ऊर्जा प्रविधि हो । जैविक ऊर्जाको प्रयोग यसका उदाहरण हुन् । कार्बनको मात्रा घटाउनुका साथै दिगो विकासका लक्ष्य हासिल गर्न यस प्रविधिको प्रयोग महत्त्वपूर्ण हुन्छ ।  

फाइभजी (5G) नेटवर्क विस्तार : दूरसञ्चारको पाचौं संस्करणका रूपमा रहेको फाइभजी (5G) नेटवर्कको प्रयोगले इन्टरनेट प्रणालीलाई अझ द्रूत बनाइरहेको छ । यस सञ्जालको विस्तार हुने क्रम जारी छ । पूर्णतया प्रयोगमा आइसकेपछि यसमा आधारित अन्य परिवर्तनमूलक प्रविधिजस्तै आईओटी, डिजिटल प्रणालीमा पनि विकास हुन्छ । नेपालमा पनि फाइभजी (5G) नेटवर्कको  विस्तार नेपाल टेलिकम र एनसेल कम्पनीले गरिरहेका छन् । 

आईओटी (IOT) प्रविधि : इन्टरनेटको प्रयोग गर्दै विभिन्न ईलेक्ट्रोनिक्स संरचना जस्तै सेन्सर, डिभाइस आदिलाई एकीकृत प्रणालीमा ल्याउने प्रविधि नै आईओटि हो । स्मार्ट सहरीकरणको आधारभूत पूर्वाधारको रूपमा यो प्रविधि स्थापित हुन थालेको छ । ट्राफिक व्यवस्थापन, सार्वजनिक यातायात व्यवस्थापन, समाजमा शान्तिसुरक्षा कायम राख्न  र विपत व्यवस्थापनमा यसको प्रयोग बढ्न थालेको छ । 

ब्लकचेन प्रविधि :  सूचनाको सूरक्षित वितरण र विकेन्द्रीकरण विधिमा आधारित ब्लकचेन प्रणालीको विकास हुँदैआइरहेको छ । डिजिटल मुद्रा प्रयोगमा आएका केही देशमा कारोबारका लागि यही प्रणाली अँगालिएको छ । ब्लकचेनको उपयोगिता विभिन्न क्षेत्रजस्तै सप्लाई चेन र डेटा मार्केटमा अधिक देखिन्छ । 

क्वान्टम कम्प्युटिङ : क्वान्टम कम्प्युटिङको खोजअनुसन्धान विज्ञान र बुद्धिमत्ता मिलनविन्दुको रूपमा स्थापित हुनथालेको छ । अणुभित्रको कण र तरङ्गको प्रयोग कम्प्युटिङ तहसम्म पुग्नु क्वान्टम विज्ञानको ठूलो उपलब्धि हो । क्युबिटमा आधारित क्वान्टम क्म्प्युटिङले जटिल कम्प्युटिङ समस्या समाधान गर्नुका साथै अकल्पनीय वैज्ञानिक खोज गर्नेछ । हाल क्वान्टम कम्प्युटरको निर्माणका लागि कार्य भइरहेका छन् । 

स्वचालित यातायात : स्वचालित प्रविधिको प्रयोगबाट यातायातको सञ्चालन गरेर मानवीय निर्भर हटाउनु वा घटाउनु न‌ै यस प्रणालीको लक्ष्य हो । विकसित र प्रविधिमैत्री सहरहरूमा यसको प्रयोग हुँदै आएहेको छ। बढ्दो जनसंख्या र सहरीकरणले यसको आवश्यकता बढाएको छ । 

कृषि क्षेत्रमा बायोटेक्नोलोजी :  कृषिमा बायोटेक्नोलोजीको प्रयोगले उन्नत जातका बालीको विकासबाट बालीमा रोगविरुद्धको क्षमतामा वृद्धि हुनु, उब्जनीमा वृद्धि हुनु ठूलो उपलब्धि हो । कृस्पर (CRISPR gene editing) आनुवंशिक सम्पादनको प्रयोग गरी नयाँ विकसित बाली बनाइन्छ जसले समग्र कृषि क्षेत्र र उत्पादन वृद्धि र लाभ गर्दै जानेछ । 

अन्तरिक्ष पर्यटन : पृथ्वीभन्दा बाहिर अन्तरिक्षको यात्रा गर्नु मानव सभ्यताको लागि ठूलो चासोको विषय रहिआएको छ। हाल आएर अन्तरिक्ष यात्रा व्यावसायिक हुने तरखरमा छ । व्यावसायिक अन्तरिक्ष यात्राका लागि स्पेस एक्स र ब्लु ओरिजिन नामक कम्पनीहरूले काम गर्दैआएका छन। अन्तरिक्ष विमानहरूको उन्नत विकास र अन्तरिक्षको बृहत् अनुसन्धानले अन्तरिक्ष पर्यटनको विकास गर्ने देखिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ०९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro