site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकार बिचौलियाको संरक्षणका लागि काम गरिरहेको छ : देवेन्द्र पौडेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले अहिलेको सरकार बिचौलियाको संरक्षणका लागि काम गरिरहेको आरोप लगाएका छन् ।

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले वर्तमान सरकार भ्रष्टाचार, अनियमिततासम्बन्धी कामलाई जोगाउनका लागि बनेको फरक प्रकारको सरकार भएको र यसले बिचौलियाको संरक्षणका लागि काम गरिरहेको आरोप लगाए ।

जनतालाई झुक्काउनका लागि गरिएको संविधान संशोधनका कुराको संसद्बाट प्रतिवाद गर्ने उनले बताए । पौडेलले विद्युत् बक्यौताका विषयमा सत्तापक्षले प्रतिपक्षीलाई दोष लगाउन खोजेको भन्दै बक्यौता नउठाउनका लागि मुख्य विषयलाई विषयान्तर गर्ने प्रयास भइरहेको जिकिर गरे ।

त्यस्तै, उनले नदी किनारबाट थप २० मिटर मापदण्डको अदालतको फैसलालाई मानहानि गर्न नमिल्ने भन्दै जनतालाई उचित व्यवस्थापन गरेर मात्रै फैसला कार्यान्वयन गर्न आवश्यक रहेको बताए । यसमा अदालतसँग सरकारले दोहरी खेल्न नहुने उनको भनाइ छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro