site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कर्मचारीलाई स्वास्थ्यमन्त्री भने– एक हप्तामा सुधारको योजना ल्याउनू, नभए मार्ग प्रशस्त गर्नू

काठमाडौं । आयुर्वेद उपचारमा आकर्षण घटिरहेको निष्कर्षसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सेवा प्रभावकारी बनाउन एक हप्ताभित्र प्रस्ट योजना ल्याउन कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

शुक्रबार मन्त्रालयमा आयोजित आयुर्वेद सम्बद्ध अधिकारीहरूसँगको बैठकमा मन्त्री पौडेलले तत्काल स्रोत थप्न सकिने अवस्था नरहेको भन्दै अहिलेकै अवस्थामा सुधार गर्न सकिने योजना ल्याउन भनेका छन् ।

"सेवा सुधारका लागि आवश्यक नीतिगत व्यवस्था गर्न हामी तयार छौँ," उनले भने, "एक हप्ताभित्र प्रस्ट योजना लिएर आउनुहोला । द्रुत गतिमा सुधार ल्याउने गरी काम गरौँ । म साथ दिन तयार छु ।"

उनले स्रोतको मितव्ययी सदुपयोग गर्न पनि आग्रह गरे । मन्त्री पौडेलले आयुर्वेद उपचारले सान्दर्भिकता गुमाएको जस्तो देखिएको बताउँदै सुधार गर्न नसकिए पद ओगटेर बस्न नहुने बताए । "सकेसम्म सुधार गरौँ । तर, डुबाउने गरी (पदमा) नबसौँ," उनले भने ।

उनले आयुर्वेद क्षेत्रमा भारतले गरेको प्रगतिबाट पनि सिकेर सुधार गर्नुपर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro