site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दक्षिण कोरियाका लागि राजदूतमा सिफारिस तुम्वाहाङ्फेको कार्ययोजनामा के छ ? 

काठमाडौं । सरकारले दक्षिण कोरियाका लागि नेपाली राजदूतमा सिफारिस शिवमायातुम्वाहाङ्फेले बुधबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गरेकी छन् ।

“नेपालले गणतन्त्र कोरियाबाट विभिन्न लाभ लिन सक्ने स्थिति छ । तर, हाम्रा नीतिगत र योजना कार्यान्वयनमा भएका समस्याका कारण सोचे जति लाभ लिन नसकिरहेको अवस्था विद्यमान छ,” संसदीय सुनुवाइका क्रममा तुम्वाहाङ्फेले भनिन् ।

दुई देशबीच उच्चस्तरीय भ्रमण हुन नसक्दा र महत्त्वपूर्ण निकायहरूबीचको सहकार्य कमजोर हुँदा लाभ लिन नसकिएको उनको तर्क थियो ।

Dabur Nepal
NIC Asia

“झन्डै दुई करोड कोरियाली नागरिकले विदेश भ्रमण गर्ने गरेकामा नेपालमा ३० हजारमात्र आउने गरेका छन् । तथ्यांकअनुसार कोरियाली नागरिकले सन् २०२३ मा विदेशमा क्रेडिट कार्डबाट मात्रै १४.३२बिलियन अमेरिकी डलर खर्च गरेका छन् । त्यो भनेको नेपालको वार्षिक बजेट बराबर हो । तर, नेपालमा त्यसको नगण्यमात्रै भित्रिएको अवस्था छ,” तुम्वाहाङ्फेले भनिन् ।

कोरियालीहरूले नेपालमा लगानीको इच्छा राखे पनि लगानी भित्र्याउन नीतिगत र लगानीको वातावरण दिन नसकिएको भनाइ उनको थियो । नेपालले सहकार्य गर्न खोजेको क्षेत्रबारे रणनीतिक योजना र भिजनको आवश्यकता रहेको उनले औँल्याइन् ।

“दुई सार्वभौम मुलुकबीच संवाद र सहयोगलाई सहज बनाउन राजदूतले कूटनीतिक सहजकर्ताको रूपमा काम गर्नुपर्दछ,” उनले भनिन्, “राजदूत विदेशी राष्ट्रहरूमा कूटनीतिक प्रतिनिधि हुन्, उनीहरूको काम दुई देशबीच सकारात्मक सम्बन्ध कायम राख्न मद्दत गर्ने हो ।”

नेपाल र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्धलाई अझै व्यवस्थित र उचाइमा पुर्‍याउन आफू राजदूत भएर गए उच्चस्तरीय भ्रमणमा जोड दिने उनले बताइन् ।

“कोरियाबाट नेपालतर्फ हुने आयातको तुलनामा नेपालको निर्यात निकै कम रहेकाले व्यापार सन्तुलन कायम गर्न नेपालमा कोरियाली लगानी आवश्यक छ । ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधिजस्ता क्षेत्रमा लगानी साझेदारी बढाउन सकिन्छ,” उनले भनिन् । नेपालमा लगानी तथा निर्यात वृद्धि गर्ने आफ्नो योजना रहेको उनले सुनाइन् ।

कोरियासमक्ष चक्रपथसहित सडक निर्माण, ठूला पूर्वाधारलगायत विभिन्न निर्माण कार्यका लागि प्रस्ताव गर्ने उनको योजना छ ।

सूचना प्रविधिको क्षेत्रमा, फोहोर व्यवस्थापन, अर्गानिक मल उत्पादन कारखाना खोल्नेलगायत विषयमा सहयोगको प्रस्ताव गर्ने पनि उनको भनाइ छ ।

पर्यटन प्रवर्धनका लागि लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउन पहल गर्ने, लुम्बिनीलाई ५०० मिलियन बौद्धमार्गीहरूको आस्थाको केन्द्र बनाउने लक्ष्यसहित कम्तीमा ०.५ प्रतिशत बौद्धमार्गीलाई नेपाल ल्याउन पहल गन उनको लक्ष्य छ । 

“लुम्बिनीलाई विश्व शान्ति सहरको रूपमा विकास गर्न कोरियन प्रोफेसर डा. क्वाक योङ हुनले तयार पारेको गुरुयोजना कार्यान्वयनका लागि पहल गर्ने छु । अत्याधुनिक सहरको परिकल्पना गरिएको उक्त गुरुयोजनाले लुम्बिनीलाई शान्ति र आध्यात्मिकसँगै अत्याधुनिक सहरको रूपमा विकास गर्ने उल्लेख छ,” तुम्वाहाङ्फेले भनिन् ।

नेपाल वायुसेवा निगमको जहाज उडानमा अहिले देखिएको प्राविधिक समस्या हल गर्न पहल र प्रयत्न गर्ने उनले बताइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro