site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रविधिमैत्री ट्राफिक व्यवस्थापन र सडक दुर्घटना रोकथाम प्राथमिकतामा : डीआईजी बोहरा

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका तीन वटै जिल्लामा प्रविधिमैत्री ट्राफिक व्यवस्थापन गर्ने गरी काम थालेको छ । उपत्यकाका विभिन्न सडकमा ट्राफिक व्यवस्थापका लागि ६५ स्थानमा ट्राफिक लाइटको व्यवस्था गरिएको छ ।

तर, त्यसमध्ये २६ वटा लाइटले मात्रै काम गरेको र अन्य प्रयोगविहीन भएको पाइएपछि बाँकी लाइटलाई समेत मर्मत गरेर ट्राफिक व्यवस्थापन गरिने कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआर्ईजी) भरतबहादुर बोहराले जानकारी दिए ।

त्योबाहेक बोहराले सडक दुर्घटना र धनजनको क्षति नहुने गरी सवारी चालकहरूलाई जनचेतनामूलक कार्यक्रम समेत गरेर लैजाने बताए । 

बुधबार कार्यालयको जिम्मेवारी सम्हालेका बोहराले चक्रपथ र भक्तपुर सडकखण्डमा हुने सडक दुर्घटना रोकथामका लागि राडार गनको प्रयोगलाई पनि तीव्रता दिने बताएका छन् ।

उनले भने, “हामी कसरी सवारी दुर्घटनाबाट रोक्ने र ट्राफिक व्यवस्थापनलाई सहज बनाउने भन्ने गृहकार्यमा आजदेखि नै लागेका छौँ । पछिल्लो समय ट्राफिक प्रहरीले कुनै जानकारीविना चक्रपथ र भक्तपुर सडकखण्डमा राडार गर्न प्रयोग गरेको भन्दै विरोध भएको पाउँछौ । अब त्यस्तो हुँदैन हामी मुख्य बाटोमै त्यसबारे सूचना बोर्ड नै राखेर जाँच गर्छौँ ।”

जनचेतनामूलक कार्यक्रम गर्दासमेत ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई भने कारबाहीको दायरामा ल्याउने बोहराको भनाइ छ । गएको असार २१ मा उमेरहदका कारण डीआईजीबाट अवकाश पाएपछि ट्राफिक प्रहरी कार्यालय निमिक्त प्रमुख एसएसपी जीवन श्रेष्ठको भरमा चलेको थियो ।

उनले समेत ३० वर्षे सेवाहदका कारण भदौ १६ मा अवकाश पाएपछि ट्राफिक प्रहरी नेतृत्वविहीन थियो । बुधबारदेखि भने डीआईजी बोहराले कमाण्ड सम्हालेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro