site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सडक र हवाई यात्रा सुरक्षाका निम्ति विशेष कार्यक्रम सञ्चालन गर्न सांसदको माग

काठमाडौं । नेकपा (एमाले)का सांसद तारा लामा तामाङले सडक र हवाई यात्रा सुरक्षाका निम्ति विशेष कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले सांसदहरूलाई उक्त अभियानको अगुवाइ गर्न दिन आग्रह गरे । “दुर्घटना भएमा पीडितलाई तत्काल र प्रभावकारी राहत उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ । दुर्घटना न्यूनीकरण हाम्रो साझा जिम्मेवारी हो, र यसको लागि सबै पक्षले एकजुट भएर काम गर्न आवश्यक छ र केही समयको लागि सबै सांसदलाई सडक सुरक्षासम्बन्धी सचेतना सञ्चालन गर्ने विशेष अभियानको अगुवाइ गरी १६५ निर्वाचन क्षेत्रमा सञ्चालन गर्न सुझावसहित नेपाल सरकारलाई सडक र हवाई यात्रा सुरक्षाको लागि विशेष कार्यक्रम सञ्चालन गर्न जोडदार माग गर्दछु,” उनले भने । 

दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको अनुगमन र निरीक्षण प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ छ । पुराना र जीर्ण अवस्थामा रहेका सवारीसाधनको प्रयोग रोक्न र सवारीसाधनको स्तरीयता सुनिश्चित गर्न कडाइका साथ नियम पालना गरिनुपर्ने भनाइ उनको छ । योग्य र प्रशिक्षित चालक मात्र सडकमा सवारी चलाउन अनुमति दिने व्यवस्था गर्नुपर्ने सुझाव उनको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro