site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सत्तापक्षकै सांसदले भने– मन्त्रीको जिब्रोमा ‘ब्रेक’ लगाइयोस्

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संघीय र प्रदेश मन्त्रीका अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठाएका छन् । उनले संघीय सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ र गण्डकी प्रदेश सरकारका वनमन्त्री राजीव गुरुङ (दीपक मनाङे)का अभिव्यक्तिप्रति मंगलबार प्रतिनिधिसभा बैठकमा प्रश्न गरेका हुन् ।

नेपाल प्रहरीका महानिरीक्षकको ‘जिब्रो थुत्नुपर्छ’ भन्ने संघीय सरकारका प्रवक्ता समेत रहेका गुरुङको अभिव्यक्ति आपत्तिजनक भएको उनले बताए । “म सत्तापक्षकैै सांसद हुँ सभामुख महोदय । तर, माननीय सूचना तथा सञ्चारमन्त्रीज्यूले नेपाल प्रहरीको आइर्जीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ,” खतिवडाले भने, “यो अभिव्यक्ति आपत्तिजनक छ । मन्त्रीहरूलाई अनुरोध गर्न चाहन्छु– जिब्रोमा ब्रेक लगाइयोस् ।”

मन्त्रीहरूका बोली ‘ठिक’ हुनुपर्नेमा उनले जोड दिए । “अन्त कहाँकहाँ लगाउनुपर्ने हो ब्रेक लाग्दै गर्ला । तर, मन्त्रीहरूको जिब्रोमा ब्रेक लाएर बोल्ने गरियोस्,” उनले भने ।

सांसद खतिवडाले ‘गण्डकी प्रदेशमा मन्त्री पद बिक्रीमा रहेको’ भन्ने विषय पनि उठान गरे । उनले मन्त्री पद बिक्री हुने गरेको हो/होइन भन्दै सरकारको जवाफ माग गरे ।

“गण्डकी प्रदेशमा मन्त्रीको पद नै बिक्रीमा छ भन्ने चर्चा छ । यो के हो, यसबारे कसले जवाफ दिने हो ?,” उनले भने, “यसको जवाफ हामी खोज्न चाहन्छौँ । मन्त्रीको पद पैसामा बिक्री भएको हो/होइन, यस्तो अभिव्यक्ति किन आउँछन् ? योबारे सरकारले जानकारी दिनुपर्‍यो ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro