site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चारवटा संसदीय समितिको बैठक बस्दै (कार्यसूचीसहित)
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । 

अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ ।

अर्थ समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बिहान १० बजे बस्नेछ । बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवादे गरेको भारत भ्रमण सम्बन्धमा छलफल हुनेछ । यस्तै बैठकमा राजदूत नियुक्ति सम्बन्धमा पनि छलफल गर्ने कार्यसूची छ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि  संशोधनकर्तासँग छलफल हुनेछ । 

संसदीय सुनुवाइ समितिको बैठक पनि आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro