site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानको लागि सिफारिस राजदूत धितालका कार्ययोजनामा के छ ? 

काठमाडौं । पाकिस्तानको लागि नेपाली राजदूतमा सिफारिस भएकी रीता धितालले खेल कूटनीतिलाई प्राथमिकता दिने बताएकी छन् । 

संघीय संसद्को संसदीय सुनुवाइ समितिमा सोमबार उनले क्रिकेटमा पाकिस्तानसँग धेरै कुरा सिक्न सकिने जनाउँदै खेल कूटनीतिलाई प्राथमिकता दिने बताएकी हुन् । 

“क्रिकेटमा दुई देशबीच केही गर्न सकिन्छ कि भन्ने लागेको छ । म दुवै देशका क्रिकेट संघसँग यसबारे कुराकानी गर्नेछु,” संसदीय सुनुवाइका क्रममा परराष्ट्र मन्त्रालयकी सहसचिव धितालले भनिन्, “म राजदूत भएर जानुअघि नेपाल क्रिकेट संघका पदाधिकारीसँग पनि छलफल गर्नेछु ।” 

पाकिस्तानमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रशिक्षणका लागि पहल गर्ने प्रतिबद्धता उनले जनाइन् । “सीमित पूर्वाधार र स्रोतसाधनका बीच छोटो समयमा नेपाली क्रिकेटले जुन सफलता हासिल गरेको छ, प्रशंसा गर्न लायक छ । क्रिकेट खेलमा पाकिस्तानले गौरवमय इतिहास रचेको छ । यस सन्दर्भमा पाकिस्तानमा नेपालको राष्ट्रिय क्रिकेट टोलीलाई प्रशिक्षणका लागि पहल गर्नेछु,” धितालले भनिन् । 

सुुनुवाइका क्रममा उनले अवरुद्ध रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को शिखर सम्मेलन गराउनको लागि नेपाल सरकारको तर्फबाट समन्वय गर्ने जनाइन् । 

“नेपाल र पाकिस्तानले जलवायु परिवर्तनको मुद्दामा अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्नेदेखि आपसी हितका विषयमा असंलग्न आन्दोलन, जी–७७, संयुक्त राष्ट्रसंघ जस्ता क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा समान धारणा राख्दै आएका छन् । यो सहकार्यलाई थप घनीभूत बनाउन कटिबद्ध हुनेछु,” धितालले भनिन् । 

नेपाल र पाकिस्तान दुवै संयुक्त राष्ट्रसंघको शान्तिसेना पठाउने मुलुकको अग्रणी स्थानमा रहेका छन् । विश्व शान्ति स्थापनामा योगदान अनुरुपको सम्मानजनक प्रतिनिधित्वका लागि पहल गर्ने सन्दर्भमा समन्वय गर्ने प्रतिबद्धता उनले जनाइन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro