site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीमा दीपक मनाङेले दिए राजीनामा, भन्छन्– अब मेरो भाइ मन्त्री बन्छ
Tiktok banner adTiktok banner ad

काठमाडौं । गण्डकीका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्री पदबाट राजीनामा दिएका छन् । सोमबार राजीनामा दिएका उनले आफूले अर्को भाइलाई मन्त्री बनाउन भनेको बताएका छन् ।

सोमबार एमाले सरकारमा सहभागी भएपछि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्वमा रहेका मनाङेले वन तथा वातावरण मन्त्रालय पाएका थिए । तर, उनी त्यसमा सन्तुष्ट बनेनन्, उल्टै राजीनामा दिए ।

अब आफ्नो भाइ पर्ने मनाङकै मुनिन्द्र गुरुङ मन्त्री बन्ने उनको भनाइ छ । "मनाङकै अर्को भाइ छ, योङ छ, मुनिन्द्र गुरुङलाई मन्त्री बनाउनू भनेको छु," मनाङेले भने ।

वन तथा वातावरण मन्त्रालयमा मन्त्री नै नचाहिने उनको भनाइ छ । "हामीले हेर्ने तितेपातीको झ्याङ हो । कहाँ वन हेर्न पाउँछ हामीले ?," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro