site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रस्तावित राजदूत शर्माको कार्ययोजनामा पञ्चेश्वरदेखि रक्सौल–काठमाडौं रेल लिंकसम्म
शंकर शर्मा । फाइल तस्बिर ।

काठमाडौं । भारतका निम्ति प्रस्तावित नेपाली राजदूत शंकरप्रसाद शर्माले पञ्चेश्वर आयोजनालाई छिटो सुरु गराउन पहल गर्ने बताएका छन् ।

संसदीय सुनुवाइ समितिमा आइतबार कार्ययोजना प्रस्तुत गर्दै उनले अरुण उपत्यका र कर्णाली प्रदेशका विद्युत् आयोजना समयमा नै सम्पन्न गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भारतको बिजलपुरादेखि बर्दिबाससम्म रेलमार्गको कामलाई तीव्रता दिन रक्सौल–काठमाडौं रेल लिंकलाई अगाडि बढाउन, टनकपुर–महेन्द्रनगर लिंक रोड बनाउन, सिरसा–झुलाघाट र दार्चुलाको पुल निर्माण तथा भारतबाट नेपाल आउने थप हवाईमार्गको प्राप्तिका निम्ति प्रयत्न गर्ने कार्ययोजनामा उल्लेख छ ।

भैरहवा–सुनौली र दोधारा–चाँदनी चेकपोस्ट, अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइनको निर्माण र सिलगढीदेखि झापासम्म नयाँ क्रस बोर्डर पेट्रोलियम पाइपलाइन, धाम्रा र मुन्द्रा बन्दरगाहमा नेपालको पहुँचलगायत कार्य छिटो सम्पन्न गराउन कोसिस गर्ने उनले बताएका छन् ।

संसदीय सुनुवाइका निम्ति उनी समिति बैठकमा उपस्थित भएका हुन् । समितिबाट उनको नाम अनुमोदन गरिए राष्ट्रपतिले राजदूतमा नियुक्त गर्नेछन् । उनीसहित सरकारले एकैपटक राजदूतमा १७ जनाको नाम सिफारिस गरेको थियो ।

शंकर शर्माको कार्ययोजना पढ्नोस्–

s1-1725187127.jpg

s2-1725187127.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro