site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीनका निम्ति प्रस्तावित राजदूत ओलीको कार्ययोजनामा के छ ? (पूर्णपाठ)

काठमाडौं । चीनका निम्ति प्रस्तावित नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले आधुनिक कृषि प्रविधि र त्यसमा आधारित प्रशोधन उद्योग नेपाल भित्र्याउन पहल गर्ने बताएका छन् । संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा कार्ययोजना प्रस्तुत गर्दै उनले नेपालको निर्यात बढाउन दुवै देशका निजी क्षेत्रबीच समन्वय गर्ने सुनाए ।

उनको कार्ययोजनामा दुवै देशका राष्ट्र/सरकार प्रमुख र उच्चपदस्थ व्यक्तिहरूको भ्रमणका निम्ति प्रयत्न गर्ने उल्लेख छ । संघीय राज्य प्रणालीलाई संस्थागत गर्न अन्तर्राष्ट्रिय सीप, सद्भावको परिचालन गर्न पहल गर्ने उनको प्रतिबद्धता छ ।

दिगो विकास लक्ष्यमा नेपालले गरेका कार्यको पैरवी गर्दै थप सहकार्य, सद्भाव र सहयोग बढाउन प्रयत्नशील रहने कार्ययोजनामा उल्लेख छ ।

“वर्तमान अवस्थामा जलवायु परिवर्तनको ठूलो चपेटामा पर्ने गरेको नेपाल र यसबाट उत्पन्न विपत् व्यवस्थापन र नेपालीको ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकांक्षामा आइपर्ने चुनौतीहरूलाई नेपालले गर्दै आएका न्यूनीकरण र अनुकूलनका कामको विषयमा पैरवी गर्नेछु,” उनको कार्ययोजनामा उल्लेख छ ।

संसदीय सुनुवाइका निम्ति उनी समिति बैठकमा उपस्थित भएका हुन् । समितिबाट उनको नाम अनुमोदन गरिए राष्ट्रपतिले राजदूतमा नियुक्त गर्नेछन् । उनीसहित सरकारले एकैपटक राजदूतमा १७ जनाको नाम सिफारिस गरेको थियो ।

डा. कृष्णप्रसाद ओलीको कार्ययोजना पढ्नोस्–

o1-1725183469.jpg

o2-1725183470.jpg

o3-1725183470.jpg

o4-1725183470.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro