site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं र ललितपुरका यी स्थानमा भारी वर्षा
Argakhachi Cement Island Ad

काठमाडौं । देशका केही स्थानमा आइतबार भारी वर्षा भएको छ । काठमाडौं र ललितपुरका पनि कतिपय स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

ती क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

“भाद्र १६, दिउँसो १२ बजे । पछिल्लो तीन घण्टामा काठमाडौंको बूढानीलकण्ठ, कपन, धाप ड्याम, गोदावरी, टीकाथली आसपासको क्षेत्रमा भारी वर्षा भएको, थप वर्षा हुन सक्ने, वाग्मती, धोबीखोला, शालीनदी, विष्णुमतीलगायत अन्य खोलाको बहाव बढ्ने देखिएकाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्