site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भालाडोलिडको पोस्टमा बार्सिलोनाको सात गोल

काठमाडौं । स्पेनिस ला लिगामा हेन्सी फ्लिकको टोली बार्सिलोनाले भालाडोलिडविरुद्ध ७–० को फराकिलो जित निकालेको छ ।

शनिबार स्टाडियो ओलिम्पिक लुई कोम्पनीजमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन ब्राजिलियन फरवार्ड राफिन्हाले ह्याट्रिक गरे । यसबाहेक, रोबर्ट लेवान्डोवस्की, जुलेस कोउन्डे, ड्यानी ओल्मो र फेरान टोरेसले समान एक गोल थपे । योसँगै राफिन्हा ला लिगा २०२४–२५ सिजनमा ह्याट्रिक गर्ने पहिलो खेलाडीसमेत बने ।

बार्सिलोनाले खेलको पहिलो हाफमा तीन र दोस्रो हाफमा चार गोल थपेको हो । यो ला लिगा जारी सिजनको सबैभन्दा ठूलो जितसमेत हो ।

ला लिगाका चार खेल खेल्दासम्म बार्सिलोनाले शतप्रतिशत जित निकालेको छ । चार खेलबाट १२ अंक जोडेको बार्सिलोना तालिकाको शीर्ष स्थानमा छ । बार्सिलोनालाई पछ्याइरहेको एट्लेटिको मड्रिड आठ अंकसहित दोस्रो स्थानमा छ । समान खेलबाट चार अंक जोडेको भालाडोलिड तालिकाको १४औँ स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro