site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दलित समुदायको आन्दोलनप्रति भट्टराईको ऐक्यबद्धता

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न माग राख्दै काठमाडौंमा दलित समुदायले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । शनिबार काठमाडौंको माइतीघर पुगेर उनले दलितका लागि दलित अभियान, नेपालले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् ।

त्यसक्रममा भट्टराईले दलित अधिकार र समावेशीतालाई बलियो बनाउँदै जातीय भेदभावको जरैसम्म अन्त्य गर्नुपर्ने बताए । दलित अधिकारका निम्ति उठाइएको मुद्दा निकै गम्भीर रहेको उनले उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

उनले आफूले दलित समुदायका निम्ति १०–१२ प्रतिशत समावेशी अनिवार्य प्रतिनिधित्व गर्नुपर्ने प्रस्ताव संविधान बनाउने समयमा राखे पनि सफल हुन नसकेको बताए ।

दलितका लागि दलित अभियान, नेपालले सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई घृणा गरिएको भन्दै निरन्तर धर्ना दिँदै आएको छ । राज्यका महत्त्वपूर्ण निकायमा दलित समुदायको प्रतिनिधित्व गराउनका निम्ति निरन्तर दबाब दिइने अभियानले जनाएको छ । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro