site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस पदाधिकारी बैठकमा जुटेन सहमति !
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष सकिएको छ । वर्तमान पदाधिकारीसँगै पूर्व पदाधिकारीहरू सहभागी बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल गरे पनि सहमति जुटाउन नसकेको हो । 

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा महामन्त्री थापा र शर्माको प्रतिवेदनमाथि छलफल भएको थियो । सहमति खोज्न बैठक भोलि पुनः बस्नेछ । 

यद्यपि, महामन्त्री थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई परिमार्जनसहित अघि बढाउन बैठक सकारात्मक रहेको बताइएको छ । बैठकपछि कांग्रेस मुख्य सचेतक श्यामकुमार घिमिरेले केन्द्रीय समितिमा प्रतिवेदनलाई परिमार्जन गरेर पारित गर्ने विषयमा छलफल भएको बताए । 

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार बस्दै छ । बैठकअघि दिउँसो पुनः पदाधिकारी बैठक बसेर आवश्यक छलफल गरिने उनले बताए । 

महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदन भने अहिलेका लागि यथावत राख्ने विषयमा सहमति नजिक पुगिएको नेताहरूले जनाएका छन् । शर्माको प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, सांसदलगायतको कार्यकाल तोक्ने गरी संविधान संशोधन हुनुपर्ने उल्लेख छ ।

केही दिनयता जारी केन्द्रीय समितिको बैठकमा विभिन्न प्रतिवेदनलगायत ११ एजेण्डाहरूमाथि छलफल भइरहेको छ । केन्द्रीय समिति बैठकबाट आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी संगठन तयार गर्ने निर्णयसहित अघि बढ्ने घिमिरेले जानकारी दिए । 

भोलि नै कांग्रेस केन्द्रीय समिति बैठक पनि बस्दै छ ।

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro