site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुजरातमा बाढी, २८ जनाको मृत्यु
तस्बिर : रोयटर्स ।

अहमदाबाद । भारतको गुजरात राज्यमा भारी मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण विगत तीन दिनमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । मौसम विभागले पश्चिमी तटीय राज्यमा बिहीबार थप भारी वर्षा हुने चेतावनी समेत दिएको छ ।

भारी वर्षाका कारण नदीहरूमा पानीको बहाव बढेको छ । नदीनजिक बसोबास रहेका ३० हजारभन्दा बढी मानिस घर छोडेर सुरक्षित स्थानमा स्थानान्तरण भएका छन् ।

गुजरात सरकारले बुधबार (हिजो) बाढीमा परेर १३ र घर वा रुखहरूले किचेर अरू व्यक्तिको मृत्यु भएको जनाएको छ ।

इन्डियन एक्सप्रेसले राज्यभरि बाढीका कारण ३५ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

स्रोतका अनुसार, करिब एक हजार ८५६ जनाको उद्धार गरिएको छ । राहतकार्यका निम्ति सेनाका अधिकारीहरू तैनाथ गरिएको छ ।

विपद्का कारण ऊर्जा तथा विद्युत् सेवा प्रभावित हुँदा करिब एक हजार गाउँ विद्युत्विहीन भएको जनाइएको छ । 

सार्वजनिक तस्बिर र भिडियोमा उद्धारकर्मीले बाढीमा फसेका मानिसलाई बचाउन प्रयास गरिरहेका देखाइएको छ ।

विज्ञले जलवायु परिवर्तनले मौसमको ढाँचा परिवर्तन गर्दा चरम मौसमी दुर्घटनाको संख्या बढाइरहेको जनाएका छन् । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro