site stats
बाह्रखरी :: Baahrakhari
विदेश
वायु प्रदूषणले बंगलादेशमा औसत आयु ४.८ वर्ष घटाउँछ : रिपोर्ट

ढाका । विश्वको सबैभन्दा प्रदूषित देश बंगलादेशमा सूक्ष्म कण वायु प्रदूषण (पीएम२.५)ले बंगलादेशीहरूको  औसत आयु ४.८ वर्षले घटाउने बुधबार सार्वजनिक गरिएको नयाँ विश्वव्यापी प्रतिवेदनले बताएको छ ।

यस प्रदूषणका कारण बंगलादेशमा औसत व्यक्ति विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सिफारिस गरेअनुसार हावा सफा भएमा ४.८ वर्ष कम बाँच्ने एयर क्वालिटी लाइफ इन्डेक्सले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको युनाइटेड न्यूज अफ बंगलादेशले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बंगलादेशका केही क्षेत्र अन्यको तुलनामा धेरै प्रदूिषत छन् । राजधानी ढाका नजिकै गाजीपुर र नरसिङदी जिल्लामा वायु प्रदूषणले ६ वर्षभन्दा बढी जीवन घटाइरहेको प्रतिवेदनमा उल्लेख छ ।

वार्षिक औसत कण प्रदूषण डब्लुएचओले दिशानिर्देश गरेकोभन्दा धेरै रहेको क्षेत्रमा बंगलादेशका सबै १६ करोड ६४ लाख मानिस बस्दछन् । मुलुकको ९६.८ प्रतिशत जनसङ्ख्या ३५ माइक्रोग्राम प्रतिघनमिटरको आफ्नो राष्ट्रिय मानक पूरा नगर्ने क्षेत्रमा बस्ने गरेका छन् ।

उत्तरपूर्वी सिलहटको सबैभन्दा कम प्रदूषित जिल्लामा पनि कण प्रदूषण  डब्लूएचओ दिशानिर्देशभन्दा ६.७ गुणा धेरै छ । कण प्रदूषणका कारण औसत बंगलादेशीको जीवनमा ४.८ वर्ष, सूर्ती सेवनले दुई वर्ष र बाल तथा मातृ कुपोषणले १.४ वर्ष समय घटाउँछ । सन् २०२२ मा प्रदूषण सन् २०२१ को तुलनामा २२ प्रतिशत कम थियो ।

बंगलादेशले डब्ल्यूएचओ दिशानिर्देशहरू पूरा गर्ने हो भने मुलुकको सबैभन्दा धेरै जनसङ्ख्या भएको जिल्ला ढाकाका बासिन्दाहरूको आयु ५.६ वर्षले बढ्नेछ । रासस/सिन्ह्वा

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  २३:२४
प्रतिक्रिया दिनुहोस्