site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शिख धर्ममाथि आक्रमण भएको भन्दै सांसद सिंहको आपत्ति
फाइल तस्बिर ।

काठमाडौं । सांसद डा. अमरेश सिंहले शिख धर्ममाथि आक्रमण भएको भन्दै आपत्ति जनाएका छन् । गुठी संस्थानका प्रशासक, केही पूर्वप्रशासक र नेताको आडमा शिख धर्मावलम्बीको जमिन हड्प्ने र अर्कै महन्थ खडा गरी अर्कै धर्मका व्यक्तिले कब्जा गर्ने काम भएको भन्दै उनले आपत्ति जनाएका हुन् । 

धर्मनिरपेक्ष राष्ट्रमा एउटा धर्म मान्नेले कुनै अर्को धर्ममाथि अक्रमण गर्न नमिल्ने भन्दै प्रशासक र पूर्वप्रशासकलाई कारबाही गरी पेन्सन रोक्नुपर्ने उनको माग छ ।
 
नेपालमा १५औं शताव्दीमा गुरु नानक आएको र धेरै समय नेपालमै बसेको भन्दै त्यसयता नानकका अनुयायी नेपालमा रहेको उनको भनाइ छ । डा. सिंहले बूढानीलकण्ठमा शिखहरुको जग्गा कब्जा गर्नेमाथि तत्काल छानबिन थाल्न पनि माग गरेका छन् । 

Dabur Nepal
NIC Asia

गरिबहरूलाई खाना दिने गरेका नेपालका शिखको नेपालमा १५/१६ सय परिवार मात्र रहेको भन्दै अल्पसंख्यक शिखहरुमाथिको आक्रमण स्वीकार्य नहुने उनले बताए । शिखहरुले निःशूल्क उपचारका लागि अस्पताल खोल्ने प्रस्तावमा पनि सहयोग नपाइरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

मुस्लिम राष्ट्र पाकिस्तानले गुरु नानकका लागि स्थान दिएर हजारौँ पर्यटक भित्र्याइरहेको भन्दै उनले नेपालमा शिख धर्मका पर्यटक बृद्धिका लागि सरकारले उनीहरुको संरक्षण गर्न जरुरी रहेको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro