site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बीआईएम कप क्रिकेट–२०२४ शुक्रबारदेखि हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूबीच हुने टीयू बीआईएम कप क्रिकेट–२०२४ शुक्रबारदेखि हुने भएको छ ।

काठमाडौंको मूलपानीस्थित क्रिकेट मैदानमा चार दिनसम्म चल्ने प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्ने छन् । ट्वान्टी–२० संरचनामा सञ्चालन हुने प्रतियोगितामा नेपाल कमर्स क्याम्पस, शंकरदेव क्याम्पस, किस्ट कलेज, केसीएमआईटी, मेची बहुमुखी क्याम्पस, आईएमएस कलेज, सेन्ट जेभियर्स कलेज र अर्किड इन्टरनेसनल कलेजले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । उत्कृष्ट बलर, उत्कृष्ट ब्याटर र सर्वोत्कृष्ट खेलाडीले पनि पुरस्कार पाउने छन् ।

प्रतियोगिताबाट व्यक्तिगत विधामा पुरस्कृत हुने सबैले ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा तीन महिना नि:शुल्क प्रशिक्षणको अवसर पाउने छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  २०:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro