site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नाटकीय खेलमा बार्सिलोनालाई हराउँदै इन्टर फाइनलमा

काठमाडौं । नाटकीय खेलमा स्पेनिस क्लब बार्सिलोनाविरुद्ध ४–३ को जित निकाल्दै इटालियन क्लब इन्टर मिलान यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति सान सिरोमा सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा इन्टरलाई जित दिलाउन लौटारो मार्टिनेज, हाकान चाल्हानोलु, फ्रान्सेस्को अकार्बी र डेविड फ्राटेसीले गोल गरे । 

बार्सिलोनाका एरिक गार्सिया, ड्यानी ओल्मो र राफिन्हाले गोल गरे पनि टिमको हार टार्न सकेनन् । 

बार्सिलोनाले पहिलो हाफमा २–० ले पछि परेको स्थिति उल्ट्याउँदै निर्धारित ९० मिनेटसम्म ३–२ को अग्रता बनाएको थियो । तर, इन्जुरी समयमा अकार्बीले गोल गर्दै इन्टरलाई बराबरीमा फर्काएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा इन्टरका फ्राटेसीले निर्णायक गोल गरे । 

त्यसअघि, २१औँ मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रतामा राखेका थिए । ४५औँ मिनेटमा चाल्हानोलुले पेनाल्टी सदुपयोग गरेपछि इन्टरले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । 

तर, ५४औँ मिनेटमा गार्सिया र ६०औँ मिनेटमा ओल्मोले गोल गर्दै बार्सिलोनालाई दोस्रो हाफमा सुरुआतमै पुनरागमन गराएका थिए । ८७औँ मिनेटमा राफिन्हाले गोल गरेपछि बार्सिलोनाले ३–२ को अग्रता बनाएको थियो । बार्सिलोनाको यो अग्रतालाई अकार्बीले इन्जुरी समयमा बराबरीमा फर्काए । 

९९औँ मिनेटमा फ्राटेसीले टिमबाट चौथो गोल गरेपछि इन्टर नाटकीय जितसहित फाइनलमा प्रवेश गरेको हो । इन्टरले समग्रमा ७–६ को जित निकालेको हो । 

यसअघि, यी दुई टिमबीचको पहिलो लेग ३–३ को बराबरीमा समाप्त भएको थियो । 

इन्टरले अब उपाधिका निम्ति आर्सनल र पेरिस सेन्ट जर्मन (पीएसजी) बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro