site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा जिकर गाडी बिक्रीका लागि पायोनियर मोटो कर्पसँग सम्झौता

काठमाडौं । चीनको अग्रणी अटोमोबाइल निर्माता गिली ग्रुपअन्तर्गतको प्रिमियम लक्जरी ईभी ब्रान्ड जिकरले पायोनियर मोटोकर्पसँग औपचारिक सम्झौतामा हस्ताक्षर गरेको छ ।

नेपालमा जिकरका गाडीहरू वितरणका लागि नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटोकर्प प्रालिसँग औपचारिक सम्झौतामा हस्ताक्षर गरेको हो ।

चीनको हाङजोउमा भदौ ५ गते हस्ताक्षर भएको हो । हस्ताक्षर समारोहमा निर्माता पक्षबाट जिकर युरोएसियाका महाप्रबन्धक जेफ काओ, जिकर साउथका क्षेत्रीय निर्देशक फेलिक्स हु र जिकर युरो एसियाका क्षेत्रीय मार्केटिङ निर्देशक रान्डोल लेङ उपस्थित थिए ।

नेपालबाट पायोनियर मोटोकर्प प्रालिको प्रतिनिधित्व गर्दै प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा र निर्देशक गौरव शारडा उपस्थित थिए ।

सम्झौताअनुसार दुई कम्पनीबीच आपसी सहकार्यद्वारा विद्युतीय प्रविधि तथा गाडीको प्रवर्द्धन गर्ने प्रतिबद्धतासहित नेपालमा वितरणका लागि सम्झौतामा औपचारिक हस्ताक्षर भएको छ ।

“चीनको प्रिमियम ईभी ब्रान्ड जिकरको नेपालका लागि एकमात्र वितरक (एक्सक्लुसिभ डिस्ट्रिब्युटर)को रूपमा नियुक्त भएकोमा हामी उत्साहित छौँ । साथै, भदौ ९ बाट सुरू हुने नाडा अटो सोको क्रममा जिकरको पहिलो मोडल औपचारिक रूपमा नेपाली ग्राहकसामु ल्याउँदैछौँ जसका लागि हाम्रो स्टल भिसिट गर्नुहुन हाम्रा आदरणीय ग्राहक महानुभाव तथा सम्पूर्ण ईभी  पारखीहरूलाई हामी आमन्त्रण गर्दछौँ,” पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडाले भने ।

पायोनियर मोटोकर्पले नाडा अटो सो २०२४ मा प्रिमियम अर्वान लक्जरी एसयूभी– जिकर एक्स सार्वजनिक गरेको छ । नयाँ जिकर एक्स, परिष्कृत सहरी जीवनशैलीको लागि डिजाइन गरिएको एक कम्प्याक्ट लक्जरी एसयूभी हो । जिकर एक्स, नयाँ ठाउँ, नयाँ भू–भाग तथा नयाँ वातावरण अनुभव गर्न खोज्ने व्यक्ति तथा परिवारहरूका लागि उत्तम एसयूभी समेत रहेको कम्पनीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro