site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेनी ऊर्जा केन्द्रमा भएको रूसी हमलाको राष्ट्रपति बाइडेनद्वारा निन्दा

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले  रूसले सोमबार युक्रेनी ऊर्जा केन्द्रमा गरेको हमलाको निन्दा गर्दै कियभलाई आफ्नो निरन्तर समर्थन रहने बाचा गरेका छन् ।

रूसले सोमबार युक्रेनमा सयौँ ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्दा कम्तीमा चारजनाको मृत्यु हुनुका साथै युक्रेनको ऊर्जा केन्द्र ध्वस्त भएको अधिकारीहरूले बताएका छन् ।

यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति बाइडेनले भने, “युक्रेनविरुद्ध रूसको निरन्तर आक्रमण र युक्रेनी जनतालाई अन्धकारमा डुबाउने प्रयासको कडा रुपमा निन्दा गर्दछु ।”

युक्रेनमा पछिल्लो समय मस्कोले गरेको आक्रमणले 'ब्ल्याकआउट' (उर्जा संकट) सुरु भएको छ । कियभले रूसको कुर्स्क क्षेत्रको भूभाग नियन्त्रणमा लिएको दाबी गरेपछि यो अवस्था आएको जनाइएको छ ।  

सन् २०२२ फेब्रुअरीको आक्रमणपछि रूसले युक्रेनमा बारम्बार उर्जा केन्द्रलक्षित ड्रोन तथा मिसाइल आक्रमणहरू गरेको छ । युक्रेनको 'सैन्य–उत्पादन परिसर'लाई सहयोग गर्न प्रयोग भइरहेको दाबी गर्दै ऊर्जा केन्द्रहरुमा प्रहार गरेको रूसी रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।  

रूसले सोमबार गरेको आक्रमणमा परी युक्रेनी नागरिकहरूको मृत्यु भएको, २० जनाभन्दा बढी घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro