site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र ‘हन्टर’ निर्माणको घोषणा, को हो नायक ? 

काठमाडौं । चलचित्र ‘हन्टर’ निर्माणको घोषणा गरिएको छ । निर्माण पक्षले आज नायकबाहेक काष्ट एन्ट क्र्यिु गोप्य राख्दै नाम मात्रै घोषणा गरेको हो । 

जीवन सिंहले चलचित्र निर्देशन गर्नेछन् । उनको यो डेब्यु चलचित्र हो । 

Argakhachi Cement Island Ad

चलचित्रको मुख्य भूमिका (नायक)मा अरुण क्षेत्री रहनेछन् । उनले ‘महापुरुष’, ‘प्रेमा’, ‘ज्याकी आईएम २१’लगायत चलचित्रमा काम गरिसकेका छन् । अन्य कलाकारबारे केही दिनपछि गराइने बताइएको छ । 

क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने चलचित्रले सुदूरपश्चिमको कथा भन्ने निर्माणपक्षले जनाएको छ । 

चलचित्र एक्सन इन्टरटेनर हुने निर्देशक सिंहले बताएका छन् । “चलचित्र हन्टर रियल पात्रको कथाबाट इन्स्पायर हो । तर हामी सिनेम्याटिक लिवर्टी लिएर कथा भन्ने छौँ,” उनले भने, “रियल पात्रको कथामा फिक्सन मिसाइनेछ । जसले सिनेमालाई रोचक र रमाइलो बनाउनेछ ।” 

चलचित्रमा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ । 

चलचित्रको प्रि–प्रोडक्सनको काम भइरहेको छ । चलचित्रको छायांकन पश्चिम नेपालमा हुनेछ । 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  ०७:४६
प्रतिक्रिया दिनुहोस्