देश
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त पदमा न्यायाधीश सिफारिस गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको न्याय परिषद्को बैठक निष्कर्षविहीन बनेको छ ।
हाल सर्वोच्चमा चार र उच्च अदालतमा १६ न्यायाधीशको पद रिक्त छ । समयमा न्यायाधीश नियुक्ति नहुँदा अदालतमा मुद्दाको चाप दिनप्रतिदिन बढ्दै गएको छ ।
न्यायालयको छिटो सुनुवाइ र समयमै न्याय दिने कार्ययोजना भएपनि न्यायाधीश नियुक्ति नहुँदा कार्यान्वयनमा ढिलाइ भएको छ । रासस
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१ २०:५३
प्रतिक्रिया दिनुहोस्