site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सहकारीपीडित चतुर्वेदी झुन्डिएको अवस्थामा मृत फेला
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलमा सहकारीपीडित आमोद चतुर्वेदी मृत भेटिएका छन् । मोरङको विराटनगरका चतुर्वेदी शनिबार राति अत्तरखेलस्थित डेरामा झुन्डिएको अवस्थामा भेटिएको प्रहरी वृत्त बौद्धका प्रमुख एवं प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

चतुर्वेदी अत्तरखेलस्थित कान्तिभैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पैसा जम्मा गरेका बचतकर्ता हुन् । बचत फिर्ता नपाउँदा उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।

उनको शव परीक्षण गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ । चतुर्वेदी मृत भेटिएको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।

चतुर्वेदी गोकर्णेश्वर–८ स्थित नेपाल मेडिकल कलेजमा कार्यरत थिए । उनले त्यहीँ रहेको कान्तिभैरव सहकारीमा पैसा जम्मा गर्ने गरेको बताइएको छ ।

चतुर्वेदीले सहकारीमा जम्मा गरिएको बचत रकम लिन दुई वर्षदेखि धाउँदै आएका कान्तिभैरवपीडित संघर्ष समितिका सदस्य राजेशकुमार विष्टले जानकारी दिए । “उनले खुट्टा भाँचिएका कारण सहकारीबाट बचत फिर्ता लिन सहकारी धाउने गरेका थिए । उपचार गर्न नपाउँदा चतुर्वेदी तनावमा थिए,” उनले भने ।

चतुर्वेदीले उक्त सहकारीमा २५ लाख रुपैयाँ बचत गरेको र त्यो रकम फिर्ता नपाएका कारण बिरामी श्रीमती र छोरीको उपचार गर्न नपाएको संघर्ष समितिका पदाधिकारीसँग गुनासो गर्दै आएका सदस्य विष्टले बताए । रासस

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro