site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डब्ल्यूएचओले गर्‍यो मंकीपक्स नियन्त्रण योजनाको घोषणा

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले शुक्रबार एमपक्स भाइरसको नयाँ अधिक संक्रामक ‘क्लेड१बी’ भेरियन्ट नियन्त्रणका निम्ति आउँदो ६ महिनामा कम्तीमा १३ करोड ५० लाख अमेरिकी डलर लागतको प्रकोप नियन्त्रण योजना घोषणा गरेको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले यसका सदस्य राष्ट्रहरूलाई सम्बोधन गर्दै भने, “एमपक्सको नियन्त्रण सम्भव छ भन्ने कुरा स्पष्ट छ । तर, यसका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ ।”

यो ६ महिना अवधिको प्रकोप नियन्त्रण योजनाका निम्ति १३ करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने उनले बताए ।

एमपक्स (मंकीपक्स)को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै गत हप्ता डब्ल्यूएचओले यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ । रासस/क्यूएनए

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro