site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहकारीको रकम दुरुपयोग गरेको प्रमाण ल्याए राजनीति छाड्छु : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको रकम आफूले दुरुपयोग गरेको प्रमाण ल्याए राजनीति छाड्ने बताएका छन् ।

शनिबार चितवनको डडुवामा आयोजित एक कार्यक्रममा उनले आफूले ऋण लिएको प्रमाण छ भनेर संसद्‌मा आवाज उठाउने नेताले १०६ दिन बित्दा समेत त्यो दिन नसकेको उल्लेख गरे । अझै पनि आफूविरुद्ध कुनै प्रमाण देखिए राजनीति छाड्ने उनको भनाइ थियो ।

उनले भ्रष्टाचारको अनुसन्धान र अभियोजनमा हदम्याद स्वीकार्य नहुने पनि बताए । भ्रष्टाचारीलाई जोगाउन हदम्यादसहितको विधेयकलाई बहुमतको बलमा अघि बढाउन खोजिए परिणाम नराम्रो हुने उनले चेतावनी दिए ।

उनले भ्रष्टाचारका विभिन्न फाइललाई आफूले हिम्मतका साथ खोलेकै कारण हदम्यादको विषय आएको जिकिर गरे ।

दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)को सरकारले जनताका पक्षमा काम गरेर गठबन्धनको औचित्य पुष्टि गर्नुपर्नेमा उनले जोड दिए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro