site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको छु : रवि लामिछाने
रवि लामिछाने । फाइल तस्बिर ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र संसदीय विशेष छानबिन समितिलाई बुझाएको बताएका छन् ।

शनिबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लगाइएको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताए । “आरोपका आधार तथ्यप्रमाणको छानबिनका लागि संसदीय समिति बनेको हो,” उनले भने, “त्यसलाई मैले आफूमाथि लागेको आरोपको स्पष्टीकरण दिने अवसरका रूपमा हेरेको छु ।”

Argakhachi Cement Island Ad

सभापति लामिछानेले शुक्रबार छानबिन समितिलाई १० घण्टा लामो बयान दिएका थिए । उनले जीबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको बताए । ग्यालेक्सी टीभीका अध्यक्ष राईको सम्पत्तिको स्रोतका विषयमा हेर्ने काम राज्यका निकायको रहेको उनको भनाइ थियो ।

“मैले त्यहाँ हेरेर, जानेर र बुझेरै काम गरेको थिएँ । छोडेर गएको डेढ वर्षपछि विभिन्न अनुसन्धानबाट जानकारी आएपछि मात्र थाहा भएको कुरा हो । त्यतिखेर थाहा भएको कुरा होइन । त्यतिखेरै आएको भए त्यतिखेरै थाहा हुन्थ्यो । कतिपय कुरा जतिखेर उजागर हुन्छ त्यतिखेरै हेरिन्छ,” लामिछानेले भने, “उजागर नहुँदा त्यसबारेमा थाहा नहुनु स्वाभाविक हो ।”

सभापति लामिछानेले पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले लगाएको आरोपबारे समयले बताउँदै जाने उल्लेख गरे । रासस

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १४:२२
प्रतिक्रिया दिनुहोस्