site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ट्युनिसियाकी योस्रा जेरामदिनीले मधेस युनाइटेडबाट खेल्ने 

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल)का लागि मधेस युनाइटेडले आफ्नो दोस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । मधेसले लिगलाई मध्यनजर गर्दै ट्युनिसियाकी योस्रा जेरामदिनीलाई दोस्रो विदेशी खेलाडीको रूपमा घोषणा गरेको हो ।

योसँगै ईडब्लूभीएलका लागि दुई विदेशी घोषणा गर्ने मधेस पहिलो टोली बनेको छ । मधेसले यसअघि नै काजकिस्तानकी कालिनोभा यभजेनियालाई अनुबन्ध गरिसकेको छ ।

ट्युनिसियाको वर्तमान राष्ट्रिय टिमकी सदस्यसमेत रहेकी २३ वर्षीय योस्रासँग रसियन लिग खेलेको अनुभव छ । उनले ट्युनिसियन लिग, ट्युनिसियन सुपर कप समेत खेलेकी छन् । उनको उचाइँ १८४ सेन्टिमिटर छ ।

Dabur Nepal
NIC Asia

योस्राले मधेस युनाइटेडसँग अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै प्रतियोगितामा मधेसको प्रतिनिधित्व गर्न उत्साहित रहेको बताइन् ।

“पहिलो संस्करणको एभरेस्ट वुमन्स भलिबल लिगमा म मधेस युनाइटेडबाट खेल्दै छु । लिगमा लागि म उत्साहित छु । नेपालको नाम धेरै सुनेको छु । म यो सुन्दर देशमा गएर खेल्न उत्साहित छु ।”

मधेस युनाइटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले योस्रालाई मधेस टिममा स्वागत गर्दै उनको आगमनले टिम अझ बलियो हुने बताइन् ।

नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअरमा रहेको मधेस युनाइटेडको टिममा अहिलेसम्म आठ नेपाली र दुई विदेशी गरी १० खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।

मार्कीसहित नेपाली खेलाडीहरूको नाम पनि यसअघि नै सार्वजनिक भइसकेको छ । जसमा राष्ट्रिय टिमकै संगम महतो र शान्तिकला तामाङ पनि छन् । यस्तै, काभा यू–२० महिला च्याम्पियनसिप खेलेकी यू–२० राष्ट्रिय टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री पनि मधेस टिममा छन् । राष्ट्रिय टिमबाट खेलिसकेका पूजा थारू र हिरा केसी पनि मधेस टिमबाट खेल्ने छन् । यसैगरी, जसना महतो पनि मधेसको टिममा छिन् ।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलोपटक हुन लागेको महिला भलिबलको फ्रेन्चाइज लिगको पहिलो संस्करणमा ६ टोलीले सहभागिता जनाउनेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro